skip this farak Kura Pravakar

नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिँदै

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ ।प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630