skip this

आजदेखि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन सुरु हुँदै

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुन लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ ।

‘नेपालको संविधानको धाराा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुृखज्यूवाट कर्णाली प्रदेशकासभाको दोस्रो कार्याकालको दोस्रो अधिवेसन सम्बत २०८० साल जेठ १० गते बुधवार दिनको ३ः०० कर्णाली प्रदेशसभा भवन, बिरेन्द्रनगर सुर्खेतमा बस्ने गरी आब्हान भएकाले कर्णाली प्रदेशसभा नियमावली २०७०को नियम ३ (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सुचनामा उल्लेख छ ।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

nijgadh-supermart-adz1200-630