नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन आज
वि.सं.२०८० असार १८ सोमवार १०:००
1.3K
shares

काठमाडौ । नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ ।
साधारण सभामा सीआइटीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
वि.सं.२०८० असार १८ सोमवार १०:००
















