कामना सेवा बैंकद्धारा निजगढमा चिया–पानी वितरण
वि.सं.२०८० असोज १ सोमवार १८:१८
2.48K
shares

बारा–बाराको निजगढ–८ बकैया नदी किनारामा रहेको महादेव मन्दिर तथा सप्त ऋषि धर्मशालामा सोमबार भक्तजनको भिडभाड थियो ।
हरितालिका तीजको अवसरमा भगवान शिवको दर्शन गर्न महिल भक्तजनको ठुलो लागेको थियो ।
सो क्षेत्रमा कामना सेवा विकास बैंक लिमिटेडले चिया तथा पानी वितरण गरेको छ । बैंकको निजगढ र चन्द्रपुर शाखाले महिलाहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्टल राखेको हो ।
स्टलमा बैंकका निजगढ शाखा प्रमुख प्रमुख प्रबिन बर्ताैलालगायत बैंकका कर्मचारी सहभागि थिए ।
वि.सं.२०८० असोज १ सोमवार १८:१८

















