इंग्लिस प्रिमियर लिग फुटबल : सिटी र टोटेनहम विजयी
वि.सं.२०७८ पुस १८ आइतवार ०७:४४
789
shares

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेस्टर सिटी र टोटेनहम विजयी भएका छन् ।
शनिबार राती भएका खेलमा सिटीले आर्सनललाई २–१ र टोटनहमले वार्टफोर्डलाई १–० गोलले हराएको हो । सिटीलाई जिताउन रियाद मेहेराज र रोड्रीले एक-एक गोल गरेका थिए ।
आर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन। टोटेनहमको जितमा डिभिन्जन सान्चेजले गोल गरे । जितपछि सिटी २१ खेलबाट ५३ अंकसहित लिगको शीर्ष स्थानमा छ भने आर्सनल ३५ अंकसहित चौथो स्थानमा छ ।
यस्तै टोटेनहम ३३ अंकसहित छैटौं स्थानमा छ । आइतबार राती नै भएको अर्को खेलमा वेष्टह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हराएको छ ।
वि.सं.२०७८ पुस १८ आइतवार ०७:४४

















