skip this

१७ अर्ब ४६ करोडको ट्रेजरी बिल नवीकरण गर्दै नेपाल राष्ट्र बैंक

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले असोज २३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस २४ गते, चैत २७ गते र २०८१ असोज २२ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

nijgadh-supermart-adz1200-630