दशैँलाई लक्षित गर्दै आजदेखि उपत्यकामा खसी बोका भित्र्याउदै व्यवसायी
वि.सं.२०८० असोज २८ आइतवार ०९:४५
1.28K
shares

काठमाडौं । नेपालीहरुको महानचाँड वडादशैँलाई लक्षित गर्दै आजदेखि व्यवसायीले उपत्यकामा खसी बोका भित्र्याउने भएका छन् ।सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसी बोका खरिद गर्दै उपत्यकामा ल्याएर बिक्री गर्ने गरेका छन्।
चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गर्दै घटस्थापनाको दिन अर्थात् आजदेखि खसी बोका आउन लागेका हुन्।
उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसी बोका बिक्री हुने उनको भनाइ छ । दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँ मूल्य पर्ने खसी बोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ ।
वि.सं.२०८० असोज २८ आइतवार ०९:४५

















