skip this

हमास–इजरायल युद्धबिरामको पक्षमा राष्ट्रसंघः इजरायलको विरोध

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज हमास–इजरायल संघर्षको २२ औं दिन हो। यस युद्धमा अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघले पनि समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ।

यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै भएनन । इजरायलले युद्ध बिरामको सो प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

इजरायली विदेशमन्त्रीले युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावको निन्दा गरेका छन् भने गाजामा कब्जा जमाएको हमासले संयुक्त राष्ट्रसंघको वक्तव्यको प्रशंसा गरेको छ । हमासले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘हमासले गाजामा युद्धविरामको लागि अनुरोध गर्ने संयुक्त राष्ट्र महासभाको प्रस्ताव पारित गरेकोमा स्वागत गर्दछ र गाजा पट्टीमा नागरिकहरूको लागि इन्धन र राहत सामग्रीहरू प्रवेश गर्न आह्वान गरेको छ ।’प्यालेस्टिनी प्राधिकरणले पनि प्रस्तावको स्वागत गरेको छ । हमासको प्रतिद्वन्द्वी प्यालेस्टिनी प्राधिकरणले पनि संयुक्त राष्ट्रसंघको प्रस्तावको स्वागत गरेको हो ।

nijgadh-supermart-adz1200-630