शिवम् सिमेन्टका निखिल अग्रवाल दिल्लीमा सम्मानित
वि.सं.२०८० कात्तिक १३ सोमवार १५:४३

काठमाडौं । शिवम् सिमेन्टको सेल्स एन्ड मार्केटिङका भाइस प्रेसिडेन्ट निखिल अग्रवाल दिल्लीमा सम्मानित भएका छन् । ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रोमोसनद्वारा नयाँ दिल्लीमा आयोजित अवार्ड कार्यक्रममा उनी श्री माहात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार–२०२३ बाट उनी सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टको स्थापनाकाल देखिनै निरन्तर कार्यरत छन् ।
ब्रान्डम्यान इन्डिया पिआर एन्ड प्रोमोसनले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने, विभिन्न उद्योगहरूमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ संस्थाले सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाइएको छ ।
संस्थाले हरेक वर्ष आयोजना गर्ने अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनोट गरी यसको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्याएको उत्कृष्ट योगदानको आधार छनोट गरी अवार्ड दिने गरेको कम्पनीले जनाएको छ ।
वि.सं.२०८० कात्तिक १३ सोमवार १५:४३

















