३.०४ अंकले बढ्यो सेयर बजार
वि.सं.२०८० कात्तिक १३ सोमवार १६:१८
1.15K
shares

काठमाडौं । सेयर बजार ३.०४ अंकले बढेको छ ।चालु साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।
सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।
वि.सं.२०८० कात्तिक १३ सोमवार १६:१८

















