skip this

नेपाल संवत्ले, सहकार्य र एकताका साथ राष्ट्रको विकासमा अग्रसर हुन प्रेरणा दिएको छ : प्रधानमन्त्री

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।

‘२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ,’ नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन् ‘यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु।’

सन्देशमा उनले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको स्मरण गरेका छन्। ‘नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ, नेपाल संवत् नेपालको मौलिक संवत् हो,’ प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो। शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो।’ नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति शाख्याले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी गरेको प्रचण्डले बताएका छन्।

nijgadh-supermart-adz1200-630