skip this

एकैदिन थपिए ४ हजार ६३६ कोरोना संक्रमित, ४ को मृत्यु

699 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ‌ : नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१२ जनाको पीसीआर परीक्षणमा ३७०३ र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ रहेको छ ।

nijgadh-supermart-adz1200-630