निजगढका गायक एसटी म्यानको नयाँ गित सार्वजनिक, बम्बे गितमार्फत निजगढको प्रवर्द्वन
वि.सं.२०८२ साउन ३० शुक्रवार १८:३५

बारा–बाराको निजगढ–७ का गायक एसटी म्यान अर्थात साङगे तामाङ्गको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
बम्बे बोलको गित मार्फत निजगढको प्रवद्वन गरिएको छ । एसटी म्यानको टोलीमा रहेका निजगढ कलाकारहरूले आफ्नो नयाँ गीत ‘बम्बे’ को म्यूजिक भिडियोमा निजगढलाई पनि प्रवर्द्वन गरेको देखिएको हो । म्यूजिक भिडियोमा निजगढ, निजगढ चलचित्र हल, माझी टोल, लच्का टोल जस्ता ठाउँहरुको बोर्ड देखाईएको छ ।
स्थानीयले यसलाई खुशीको रूपमा लिएका छन् र कलाकारहरूको प्रगतिमा शुभकामना व्यक्त गरेका छन् ।
गीतको भिडियोमा निजगढको विभिन्न दृश्यहरू समेटिएको छ, जसले स्थानीय संस्कृति र सौन्दर्यलाई दर्शकसम्म पु¥याउने उद्देश्य राखेको छ ।
एसटी म्यान, योङ्ग २२ ले बिग नोर्जाको सहकार्यमा नयाँ गीत ल्याएका हुन् । यो गीत कलियुड एल्बमको पाँचौँ ट्रयाक हो । अगस्ट ९ मा प्रिमियर गीतको टिजर सार्वजनिक गरिएको थियो ।
एसटी म्यान युव्टुब च्यानलबाट सार्वजनिक भएको २४ घण्टा नपुग्दै गितले ७ लाख भ्यूज पाईसकेको छ ।
गीतमा एसटी म्यान, योङ्ग २२ ले बिग नोर्जाको स्वर रहेको छ भने महिला स्वर दीपिका बायाम्बुले दिएकी छन्।
गीतको शब्द एसटी म्यान, योङ्ग २२ ले बिग नोर्जाले लेखेका हुन् भने संगीत एसटी म्यान, योङ्ग २२ को रहेको छ। मिक्स र मास्टरिङको जिम्मेवारी बृजेश श्रेष्ठले सम्हालेका छन्।
भिडियो निर्माणमा बिजय दाेङले निर्देशन गरेका छन् भने छायांकन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्। भिजुअल कन्सेप्ट एसटी म्यानको हो। लाइटिङ, क्रेन सञ्चालनदेखि उत्पादन व्यवस्थापनसम्ममा ठूलो प्राविधिक टोली सक्रिय रहेको छ।
नृत्य कोरियोग्राफीमा सुशान्त खतिवडाले आफ्नै शैलीमा प्रस्तुत गरेका छन्।
कलाकार तथा मोडलहरूमा रामचन्द्र अधिकारी, प्रेमा लामगाडे, शेरोन लेप्चा बज्राचार्यलगायतको अभिनय देख्न सकिन्छ। साथमा नृत्य कलाकार आशिका गौतम, सबिना राई र सर्मिला बीसीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्।
कला तथा स्टाइलिङमा विवेक तामाङ, बूमी, त्साविन्ज लगायतले योगदान दिएका छन् भने मेकअप र हेयर स्टाइल संगिता तामाङ, एनी तामाङ, रोश्नी तामाङ र रिया मगरले गरेका छन्।
वि.सं.२०८२ साउन ३० शुक्रवार १८:३५















