skip this

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन्।

शुक्रबार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन्।

शसपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाइ पनि दिएका छन्।

‘तपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचून्,’ राष्ट्रपति पौडेलले कार्कीलाई भने।

राष्ट्रपति पौडेलले कार्कीलाई शुक्रबारै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।

उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेका हुन्।

nijgadh-supermart-adz1200-630