हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम
वि.सं.२०८२ असोज २४ शुक्रवार ०९:४४
939
shares

काठमाडौँ -इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन् ।
अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् ।
वि.सं.२०८२ असोज २४ शुक्रवार ०९:४४

















