skip this

टिकटक बनाउन ६ दिन अघि बाराको दुधौरा खोलामा हामफालेका युवकको शव फेला (भिडियो)

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको प्रसौनी गाउ“पालिकास्थित दुधौरा खोलामा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

टिकटक बनाउन भन्दै खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रसौनी गाउ“पालिका–२ का करिब १७ वर्षीय विक्की गोसाईंको ६ दिनपछि शव फेला परेको हो ।

प्रहरीका अनुसार खोलामा दुई जना हाम फालेका थिए । ती मध्ये एक युवक बेपत्ता भएका हुन् । बेपत्ता युवकको खोजीका लागि प्रहरीको टोली खटिएको थियो ।

लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट हामफालेका गोसाईको शव गण्डक जाने बंगरी पुल नजिक फेला परेको बारा प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630