skip this

अमलेखगंजबाट १ लाख ७ हजार बराबरको प्रतिबन्धित पटाका प्रहरीको नियन्त्रणमा

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको अमलेखगंजमा प्रहरीले करिब रु. १ लाख ७ हजार बराबरको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले असोज २६ गते बिहान करिब ११:३० बजे अमलेखगंजस्थित कार्यालय अगाडिको चेकपोइन्टमा नियमित जाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख. ६२९३ नम्बरको यात्रुबाहक बस रोक्दा बसको डिकीभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा विभिन्न किसिमका अबैध पटाका फेला परेको हो।

बरामद गरिएका पटाकाहरूको कुल मूल्य करिब रु. १ लाख ७ हजार बराबरको रहेको र प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

nijgadh-supermart-adz1200-630