skip this

निजगढको बकैया खोला किनारमा औद्योगिक करिडोर निर्माण गर्न उद्योग वाणिज्य संघको माग

63 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ उद्योग वाणिज्य संघले बकैया खोलाको नदी उकास जग्गामा औद्योगिक करिडोर निर्माण गर्न निजगढ नगरपालिकासंग माग गरेको छ ।

संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आज नगर प्रमुख सुरथ पुरीलाई ज्ञापन पत्र बुझाउदै निजगढ ९ स्थित बकैया खोलाको पूर्वी किनाराको नदी उकास जमिनको उपयोग गरी औद्योगिक करिडोर निर्माणको प्रक्रिया अघि बढाउन माग गर्नुभएको हो ।

संघका अध्यक्ष श्रेष्ठले बुझाएको नगर प्रमुख पत्रमा सो क्षेत्रको जमिन औद्योगिक करिडोर निर्माणका उपयुक्त रहेकोले सोको लागि आवश्यक अध्ययन, समन्वय र कानुनी प्रक्रिया यथाशीघ्र सुरु गर्न आग्रह गरिएको छ ।

संघका अनुसार उक्त क्षेत्रमा उद्योग स्थापनाको लागि विभिन्न उद्योगी तथा व्यवसायीहरु लगानीकर्ताहरू इच्छुक छन् । ‘लगानी गर्न व्यवसायीहरु तयार छन, पत्रमा भनिएको छ, जमिनको व्यवस्थापन गर्न सकेमा निजगढमा विभिन्न प्रकृतिका उद्योग स्थापना गर्न सकिने सम्भावना छ ।’

औद्योगिक करिडोर निर्माणको लागि प्रस्ताव गरिएको जमिनमा कानुनी प्रक्रिया पूरा गरी नगरपालिकाको स्वामित्व वा अधिकार क्षेत्रभित्र ल्याउन आवश्यक पहल गर्नुपर्ने संघले जनाएको छ । त्यसका लागि जग्गाको स्वामित्व, कानुनी अवस्था तथा औद्योगिक प्रयोजनका लागि उपयोग गर्न सकिने सम्भावनाबारे आवश्यक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने संघले जनाएको छ ।

त्यसैगरी औद्योगिक करिडोर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने क्रममा नगरपालिका कार्यालयलाई आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न संघ प्रतिबद्ध रहेको पनि पत्रमा उल्लेख गरिएको जनाएको छ ।

औद्योगिक क्षेत्रको विकासले युवालाई रोजगारी उपलब्ध गराउनुका साथै नयाँ उद्योग तथा व्यवसाय सञ्चालनका लागि अवसर सिर्जना गर्ने संघको अपेक्षा छ । त्यस्तै, संघले निजी क्षेत्रको लगानी आकर्षित गर्न, स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र नगरको आर्थिक गतिविधि बढाउनसमेत औद्योगिक करिडोरले महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताएको छ । ‘उद्योग स्थापनाले स्थानीय बजारको कारोबार बढ्ने, पत्रमा भनिएको छ, उत्पादनमूलक गतिविधि विस्तार भएर नगरपालिकाको आर्थिक आधार थप बलियो बन्ने विश्वास गरेका छौं ।’

नगर प्रमुख पुरीले निजगढमा औद्योगिक करिडोर स्थापना गर्ने कार्य संघले व्यक्त गरेको चासो निजगढको विकासमा दूरगामी महत्वपूर्णको भन्दै यसको लागि सबै आवश्यक छलफल गरेर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्रस्तावित जग्गाको स्वामित्व नगरपालिका कार्यालयमा ल्याउन सरोकारवाला सबै पक्षसंग छलफल गरेर निर्णय लिइने पनि बताउनुभयो ।

nijgadh-supermart-adz1200-630