skip this

इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राख्ने फरार आरोपित पक्राउ

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौंको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेर फरार आरोपित पक्राउ परेका छन्।

ललितपुरको गोदावरी नगरपालिका-१०बाट प्रहरीले आरोपित ३३ वर्षीय महेश केसी खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँग समनव्य गरी सोमबार साँझ पक्राउ गरेको हो।

उनीमाथि २०६८ साल वैशाख १३ गते दिउँसो इन्‍द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको आरोप छ। उनले कम्प्लेक्सका सञ्चालकलाई फोन गरी फिरौती मागेका थिए।

फिरौती नदिए घर र व्यापारिक भवन विस्फोट गर्ने धम्की दिएका थिए।

धम्‍कीपछि पनि रकम नपाएपछि उनले समूह बनाएर विस्फोटक पदार्थ राखेका थिए।

विस्फोटकपदार्थ राखेको थाहा पाएपछि त्यसबेला प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली र नेपाली सेनासँगको समन्वय गरी डिस्पोज गरेको थियो।

विस्फोटक पदार्थ ऐन अनुसार वृत्तले अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।
उनलाई सात दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।

nijgadh-supermart-adz1200-630