skip this

निजगढ सब–डिभिजन वन कार्यालयमा नयाँ प्रमुख अधिकारीको स्वागत

678 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- निजगढ सब–डिभिजन वन कार्यालयको नयाँ प्रमुखका रूपमा सुष्मा अधिकारीले जिम्मेवारी सम्हालेकी छन्। तामागढ सब–डिभिजन वन कार्यालयबाट सरुवा भएर आएकी अधिकारीलाई निजगढ सब–डिभिजन वन कार्यालय मातहतका विभिन्न वन समूहले स्वागत गरेका छन्।

स्वागत कार्यक्रममा वन समूहका पदाधिकारी तथा प्रतिनिधिहरूले अधिकारीलाई निजगढमा स्वागत गर्दै वन संरक्षण, व्यवस्थापन तथा स्थानीय वन समूहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन शुभकामना दिएका थिए।

यसअघि निजगढ सब–डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत शर्मिला नेपालको डिभिजन वन कार्यालय, सिमरामा सरुवा भएको थियो। शर्मिला नेपालको सरुवापछि सुष्मा अधिकारी निजगढ सब–डिभिजन वन कार्यालयको नयाँ प्रमुखका रूपमा आएकी हुन्।

नयाँ प्रमुख अधिकारीले स्थानीय वन समूह, उपभोक्ता तथा सरोकारवाला निकायसँग समन्वय गर्दै वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।

nijgadh-supermart-adz1200-630