skip this farak Kura Pravakar

आत्मदाहका घटनाहरूको कारण खोजी गर्न न्यायिक छानबिन समिति गठन गर्नुपछ–सांसद् सिंह

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सांसद् अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यहरूले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण खोजी गर्न न्यायिक छानबिन समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद् सिंहले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाई त्यस्ता घटनाको निरुपणकालागि न्यायिक छानबिन समिति बनाउन माग गरेका हुन् ।

‘देशका विभिन्न ठाउँमा आत्मदाहका घटनाहरू भइरहेका छन् । के कारणले एउटा नागरिक आत्मदाहका लागि प्रेरित भइरहेको छ रु यसको छानबिन हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले एउटा न्यायिक छानबिन समिति गठन गरोस् र समितिमार्फत छानबिन होस् ताकि आउँदा दिनमा फेरि यस्ता घटनाहरू नहोऊन् ।’ उनले नागरिकको सामान्य जनजीवनसमेत चल्न नसक्ने अवस्था हुनु र त्यही कारण नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति हुनु लज्जास्पद हुने बताए ।

nijgadh-supermart-adz1200-630