skip this hetauda tech

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बस्दै, सहमत जुटाउन सकस

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । सत्ता सरकार गठनबारे छलफल गर्न शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

गठबन्धनकै नेतृत्वमा सरकार बनाउन नेताहरू सहमत भए पनि पहले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगिएको छैन । नेपाली कांग्रेस र नेकपा माओवादीले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । आज बस्ने बैठक निष्कर्षमा पुग्ने ​सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।शनिबारको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

nijgadh-supermart-adz1200-630