skip this

ताप्लेजुङमा एक युवक भीरमा मृत फेला

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । ‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ । थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भने ।

उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उनको भनाइ छ । यता नेकपा एमाले नेता योगेश भट्टराईले भने आफ्ना कार्यकर्तासमेत रहेका कार्कीको अपहरणपछि हत्या गरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्ता कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक तथा मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको लेखेका छन् । घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न स्थानीय प्रहरी प्रशासनलाई उनले आग्रह गरे ।

nijgadh-supermart-adz1200-630