skip this

बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या, एक युवती घाइते

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैतडी । बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला परेकी छन् ।

उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् । 

nijgadh-supermart-adz1200-630