skip this

एसीसी प्रिमियर कपः पहिले ब्याटिङ गर्दै नेपाल

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदै छन । नेपालले पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेल पहिले ब्याटिङ गर्दैछ।टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।

कुवेत पनि सोहि लक्ष्यमा हुनेछ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।

कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

कुवेतसँगको पछिल्लो भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको थियो । यस खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो । नेपालका लागि यस खेलमा पारस खड्काले १ सय ६ रनको शतकीय ईनिङ खेलेका थिए । पारस खड्का र शक्ति गौचनले समान २र२ विकेट समेत लिएका थिए ।

nijgadh-supermart-adz1200-630