बढ्दो भ्रष्टाचार र बेथिति नियन्त्रणमा सबै दल एकताबद्ध हुनुपर्छ–सुशीला श्रेष्ठ
वि.सं.२०७९ फागुन १० बुधवार १६:३४

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका सांसद सुशीला श्रेष्ठले बढ्दो भ्रष्टाचार र बेथिति नियन्त्रणमा सबै दल एकताबद्ध हुनुपर्ने बताएकी छन् । । कृषि उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मलको जथाभागी प्रयोग बढिरहेको जनाउँदै उनले रासायनिक मलको प्रयोगलाई हतोत्साहित गर्नुपर्ने बताएकी छन् ।
त्यस्तै सांसद श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधि र वक्तव्यप्रति आपत्ति जनाएकी छन् । राज्यले पूर्वराष्ट्राध्यक्षको रूपमा सम्मान दिइरहेको व्यक्तिबाट व्यवस्थाविरुद्ध अभिव्यक्ति आउनु गम्भीर भएको उनको भनाइ थियो ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य संविधानमाथि प्रहार गर्ने उद्देश्यले आएको बताएका छन् । उनले सङ्घीयतामाथि आँच पु¥याउने गतिविधि र अभिव्यक्ति स्वीकार्य नभएको बताए । राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबै राजनीतिक दललाई उनले आग्रह गरेका छन् ।
जनमत पार्टीका सांसद अनिता देवीले विभिन्न देशमा कारागार सजाय भोगिरहेका निर्दोष नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन माग गरेकी छन् । । उनले नागरिकता नपाएर नागरिक आफनै देशभित्र अनागरिक बनिरहेकातर्फ सरकारको ध्यानार्कषण गराएकी छन् ।
वि.सं.२०७९ फागुन १० बुधवार १६:३४

















