बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको साधारण सभा : नयाँ नेतृत्वदेखि भुक्तानीको चर्चा
कसले के भने, को भए सम्मानित
वि.सं.२०८० पुस ७ शनिवार २०:५९
बारा–बाराको निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीले पानसमा बक्ति बालेर उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा सांसद मैनालीले लोभ र लाभको चक्करमा कृषिजन्य, दुधजन्य बस्तुको आयात भईरहेको टिप्पणी गरेका छन् । उनले आयात नरोकिदा नेपाली कृषि क्षेत्रमा संकट आउने गरेको बताए । उनले स्थानीय उत्पादनको बजारीकरणका लागि रचनात्मक उपायहरुको खोजि गर्नुपर्ने बताए ।
कार्यक्रममा भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव शरण कुमार पाण्डेले मिल्ड पाउडर उद्योग स्थापना र दुग्ध अनुदानको व्यवस्था गर्ने तयारीमा गरिरहेको बताए । उनले दुग्धमा देखिएको समस्या समाधानका लागि विभिन्न चरणमा छलफल भईरहेको र त्यसले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।
त्यस्तै निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले निजगढको आर्थिक अवस्था उकास्न दुग्ध क्षेत्रका भूमिका महत्वपूर्ण रहेको बताए । उनले यसलाई प्रोत्साहित गर्ने गरि नगरपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिए । उनले यस क्षेत्रमा समस्या समाधान गर्न नगरपालिकाले अग्रसता लिईरहेको बताउँदै लम्की स्कीन रोगबाट क्षति हुनबाट जोगाएको स्मरण गरे ।
कार्यक्रममा निजगढ नगरपालिकाकी पुर्व उपप्रमुख लिलादेवी लामिछाने खनालले सहकारीमा देखिने समस्या सञ्चालक र सदस्य मिलेर समाधान गर्नुपर्छ धारणा राखिन् । उनले अहिले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबैलाई सकारात्मक भूमिका खेल्न आग्रह गरिन् ।
त्यस्तै निजगढ वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले भारतबाट दुधजन्य पदार्थ निर्यात रोकेमात्र नेपाली कृषि क्षेत्र आत्मनिर्भर हुने बताए ।
दुग्ध उत्पादक संघ बाराका सदस्य पुरुषोत्तम भट्टराईले दूध किसानको पनि उखु किसान जस्तै अवस्था भइरहेको बताए । समस्या साधानका लागि सघीय सरकार र प्रदेश सरकार बढी जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले दुग्ध उत्पादक संघले यसलाई समाधान गर्न दबाब दिईरहेको जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिनाले दुग्धको लागत घटाउनका लागि किसानलाई दानामा अनुदानको व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षण गराए । उनले किसानमा देखिएको वितृष्णा हटाउन दानामा अनुदानको सुरुवात गर्न आग्रह गरेका हुन् ।
त्यस्तै नेकपा (एमाले) निजगढका सचिव तिलक घलानले दूध निजगढको पहिचान बनेको बनेको बताए । उनले केराखेतीसँगै दुग्धले पनि निजगढलाई परिचित गराउने काम गरेको भन्दै यसलको प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगालले नेपाली उत्पादन उपभोग गर्ने संस्कृति अपनाउन सके अवैध रुपमा भित्रिने बस्तुको निरुत्साहित गर्न सकिने धारणा राखे । उनले भारतबाट अवैध रुपमा भित्रिएका दुग्धजन्य बस्तुलाई निरुत्साहित गरेर नेपालमा उत्पादन भएको दुध प्रयोग गर्नुपर्ने बताए ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटाले बागदेव दुग्ध उत्पादक सहकारीले गौरब गर्न लायक संस्थाका रुपमा रहेको उल्लेख गरे । उनले यसलाई उद्योगका रुपमा विकासका गरेर दुधको हब बनाउन अवस्थमा बनेको बताए ।
रास्वपा निजगढ अध्यक्ष रामहरी खरेलले अनियमित रुपमा भित्रिएको मिल्क पाउडरले दुग्ध क्षेत्रमा समस्या सृजना भएको बताए । उनले दुग्ध क्षेत्र विगतको तुलनामा निकै फड्को मारेको स्मरण गर्दै उनले व्यवसायिक रुपमा अझैं अगाडी बढाउन आवश्यक रहेको बताए ।
त्यस्तै राप्रपा निजगढ अध्यक्ष खड्गप्रसाद उप्रेतीले किसानको समस्या समाधान गर्न राज्यलाई झक्कझकाउन आवश्यक छ धारणा राखे ।
बागदेव दुग्ध उत्पादक संस्था पुर्व अध्यक्ष थानेश्वर सापकोटाले शहरको पैसा गाउँ भित्र्याउने माध्यम बनेको दुग्ध क्षेत्र अहिले संकटमा रहेको भन्दै यो संकटको समाधान नभए निजगढको अर्थतन्त्र धारासायी बन्ने भन्दै चिन्ता व्यक्त गरे ।
संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले संस्थाले गरेको प्रगति र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले भक्तानीको समस्या समाधान हुने गरि सम्झौता भईसकेको जानकारी दिए । उनले पुस मसान्तसम्म अधिकतम् र माघसम्म दुग्धको भुक्तानी पुरै भुक्तानी हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साह, सदस्य उपेन्द्रकुमार सिंह, नगरपालिकाकी कार्यपालिका सदस्य सर्मिला वि.क., अर्जुन डासेली, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, सहकारी शाखा प्रमुख अजयकुमार उप्रेती, पशु विकास अधिकृत युगलकिशोर सिंह, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र कलैया बाराका प्रमुख रामकिशोर साह, सार्वजनिक माध्यमिक विद्यालयका अध्यक्ष दुर्गा गौतम, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, नेकपा (माओवादी केन्द्र) निजगढ नगर सचिव रमेशकुमार आर्याल, संस्थाका पूर्व अध्यक्ष नारायणप्रसाद गौतम, टिकाराम तिमल्सिना, सप्तरेखी महिला पशुपालन सहकारी संस्थाकी अध्यक्ष सावित्री भारती, लोकप्रिय साकोसकी कोषाध्यक्ष अन्जु नेपाली, अवतार साकोसका अध्यक्ष अजय लामा, लक्ष्मी सनसाइज बैंकका पानालाल चौरसिया, कान्तिपुर भेट डिस्ट्रव्यूटरका अभिषेक तिवारी, दिपेश शर्मा, भाष्कर फार्मास्वटिकल प्रा. लि. का ओमप्रकाश साह, लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाको अवसरमा विभिन्न शिर्षकमा सम्मान गरिएको छ । संस्थाको विकासका लागि योगदान गरेका पूर्व सञ्चालकलाई सम्मान गरिएको छ ।
पूर्व उपाध्यक्ष तारानाथ चौलागाई, पुर्व सचिब बोध बहादुर तिमल्सिना, पुर्व कोषाध्यक्ष रामकुमार सिग्देल, पूर्व सदस्य रामशरण ढुंगाना, राजुकुमार सिग्देल, उद्धब प्रसाद बन्जारा, गोपिनी चौलागाई, नर बहादुर सापकोटा, लेखा संयोजक लिला बहादुर राउतलाई सम्मान गरिएको हो ।
किसानलाई सम्मान
संस्थामा दुध विक्रि गर्ने किसानलाई सम्मान गरिएको छ । बढी दुध विक्रि गरेर प्रथम भएर सम्मानित हुनेमा बकैया ठाकुर पशुपालन, खडग कुमारी कार्की, कुमार खड्का, कमल थापा, डिल्ली प्रसाद गुरागाई, दया कुमारी लामिछाने, रेणुका सापकोटा, टिकामाया घोरसाइने, कुमारी दर्जी, बिष्णुमाया तामांग, बैजु प्रसाद पौडेल, चुडामणी दाहाल, पार्वतीमाया थिंग, नमराज तिमल्सिना रहेका छन् ।
त्यसैगरि दोस्रो हुनेमा भैरब प्रसाल रिमाल, रन्जीत क्षेत्री, सूर्य बहादुर खड्का, निर्मल बजगाई, कुश बहादुर थापा, पबित्रा नेपाल, अम्बिका सिग्देल, मोहन बहादुर राई, बसुन्धरा दुलाल, इन्द्रमाया गिरी, गोर्वधन चौरेल, नन्द कुमारी गौतम, सुनमाया योन्जन र चुनु कुमारी आले रहेका छन् ।
त्यसैगरि सहकारीलाई सम्मानबाट निजगढका अवतार साकोस, अैचोपैचो साकोस र सरल बहुउद्देश्य सहकारी संस्थालाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा सञ्चालन सचिव प्रकाश प्रसाद सापकोटा, स्वागत उपाध्यक्ष अर्जुनप्रसाद घिमिरे, कोषाध्यक्षको प्रतिवेदन मोहन सापकोटा र लेखा प्रतिवेदन व्यवस्थापक सौरभ अधिकारीले प्रस्तुत गरेका थिए ।
वि.सं.२०८० पुस ७ शनिवार २०:५९