skip this

बारा क्षेत्र नं. ४ मैजारो : संघमा श्रेष्ठ, प्रदेशमा चौधरी र सोनल

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार प्रतिनिधि सभामा नेकपा (एकिकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशतर्फ क मा देवनारायण चौधरी र ख मा जीतेन्द्र सोनल निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामा श्रेष्ठ

प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिए ।

बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिए ।

प्रदेश क मा चौधरी विजयी

बारा क्षेत्र नं. ४ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भए ।

चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय ८९ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार एक सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्का मगरले तीन हजार ६ सय ५६ मत पाएका छन् ।

प्रदेश ख मा सोनल विजयी

बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुन निर्वाचित भएका छन् ।

पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोनल १३ हजार ५९६ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी जसपा–एमाले उम्मेदवार आत्माराम साह ८ हजार २६९ मत मात्रै पाएका छन् । सोनल र साह बिचको मतान्तर ५ हजार ३२७ रहेको छ ।

मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्षसमेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630