बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड संगीतकार प्रकाश गुरुङलाई
वि.सं.२०७९ चैत २१ मंगलवार १५:०१
1.18K
shares

काठमाडौं। बिन्ध्यबासिनी फाउन्डेसनले सङ्गीतकार प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ ।
आगामी २२ वैशाखमा हुने बिन्ध्यबासिनी म्युजिक अवार्डको १३औं संस्करणको विशेष कार्यक्रममा संगीतकार प्रकाश गुरुङलाई एक लाख नगदसहित बिन्ध्यबासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७९ प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ ।
यसअघि सो सम्मानबाट भक्तराज आचार्य, माणिकरत्न स्थापित, किरण खरेल, अम्बर गुरुङ, दिनेश अधिकारी, प्रेमध्वज प्रधान, दीपक जंगम, रत्न शमशेर थापा, शक्ति बल्लभ, कुमार बस्नेत, योगेश वैद्य, विश्व बल्लभलाई सम्मानित गरिएको थियो ।
वि.सं.२०७९ चैत २१ मंगलवार १५:०१

















