skip this farak Kura Pravakar

होटल तथा पर्यटन व्यवसायी संघ निजगढ नगर इकाइको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र प्रदान

654 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–होटल तथा पर्यटन व्यवसायी संघ, निजगढ नगर इकाइको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

निजगढ–७ स्थित फायरउड होटलमा आयोजित एक कार्यक्रमका विच राजकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई होटल तथा पर्यटन व्यवसायी संघ बाराले प्रमाण पत्र प्रदान गरेको हो ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष शम्भु खड्गी, पूर्व अध्यक्ष मोहन शर्मा लामिछानेले लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रमाण-पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्गीले निजगढको शक्तिखोला सहितका पर्यटकीय गन्तव्य बनाउन पहल गरिहेको बताएका छन् । उनले ईकाइ समितिलाई साथ दिन जिल्ला समिति सधैं तयार रहने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै पूर्व अध्यक्ष मोहन शर्मा लामिछानेले होटल व्यवसायलाई राम्रो बनाउन पर्यटन विकासमा जोड दिनुपर्ने बताएका छन् । उनले व्यवसायिहरु विच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा बताएका छन् ।

निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले उधारो नीति बनाउन पहल भईरहेको भन्दै त्यो हुन नसक्दा व्यवसाय धरासायी भईरहेको बताएका छन् ।

निर्वाचन मण्डलका संयोजक सरोज कोईरालाले व्यवसायि संघको कार्यालय सञ्चालनका एक वर्षसम्म निःशुल्क कोठा उपलब्ध गराउने घोषणा गरेका छन् । उनले होटल क्षेत्रलाई आवश्यक पर्ने तालिम सञ्चालन गर्न प्राविधिक रुपमा सहयोग गर्ने समेत बताएका छन् ।
पत्रकार महेश्वर अधिकारीले व्यवसायिहरुले अपेक्षा गरे अनुसारको काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

नव निर्वाचित अध्यक्ष राजकुमार श्रेष्ठले निजगढ प्राकृतिक हिसाबले सबल भएपनि होटल व्यवसाय पछाडी पर्नुमा व्यवसायिको विचमा एकता हुन नसक्नु मुख्य कारण रहेको बताएका छन् ।

कार्यक्रमको सहजिकरण निजगढ इकाईका निवर्तमान अध्यक्ष रामकृष्ण घिमिरेले गरेका थिए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ, बाराका वरिष्ठ उपाध्यक्षमा प्रलाद उप्रेती, उपाध्यक्ष गोविन्द गहतराज, महासचिव लक्ष्मण अधिकारी र कोषाध्यक्ष कल्याणी गौतमको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निजगढ नगर ईकाई निवर्तमान अध्यक्ष रामकृष्ण घिमिरेलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गत शनिबार भएको तेस्रो अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । जसको उपाध्यक्षमा ढक बहादुर खत्री (डिबी दहाल) र सिता पोखरेल, महासचिवमा भरत खड्का चयन भएका थिए । त्यसैगरी, कोषाध्यक्षमा सर्जु थापा, सचिवमा सुभम खनाल, सदस्यहरूमा ओमराज लामा, निरञ्जन बोहरा, कृष्ण बस्नेत, जुना पौडेल, रिना गौतम, विनोद घिसिङ र सुसिला सिम्खडा रहेका छन् ।

nijgadh-supermart-adz1200-630