skip this farak Kura Pravakar

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

आवेदन दिन भदौ २२ सम्मको समय

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले असोज ६ र ७ गते हुने ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ ।

बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।

आज बुधबारदेखि परीक्षा आवेदन फाराम बुझाउने र भाद्र २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६ सय बुझाई सक्नुपर्नेछ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि भाद्र २९ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १२ सय बुझाई सम्बन्धित विद्यालय मार्फत भाद्र ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाई सक्नुपर्ने छ ।

हेर्नुस् समय तालिका :

nijgadh-supermart-adz1200-630