skip this farak Kura Pravakar

१ करोड ६० लाख मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रज्ञापन पत्र बिनाको १ करोड ६० लाख मूल्य बराबरको मेडिकल तथा खुद्रा सामाग्री बरामद गरेको छ ।

वीरगञ्जबाट काठमाण्डौ लैँजादै गरेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले शनिवार राति साढे ८ बजे उक्त सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक सडकखण्डबाट प्रदेश १–०२ २००१ख९२५२ नम्बरको ट्रकबाट बरामद सामाग्री आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630