skip this

सडक अवरुद्ध हुँदा जाजरकोटमा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जाजरकोट-सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।

उनका अनुसार जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ ।

रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।

रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।

शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ ।

नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।

 

nijgadh-supermart-adz1200-630