skip this hetauda tech

बजेटमाथि छलफल जारी, वर्षमान पुन भन्छन् कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हो

660 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल चलिरहेको छ । गत आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि मंगलबारबाट सामान्य छलफल चलिरहेको छ ।

छलफलमा सहभागी सांसदहरुले बजेटको पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताए ।

‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने । यसलाई उनले ’क्रान्तिकारी छलाङ’को समेत संज्ञा दिएका छन् ।६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए ।

 

nijgadh-supermart-adz1200-630