अप्पर लोहोरे खोलाको आइपिओ लगानीकर्ताको खातामा, कतिमा खुल्ला कारोबार ?

234 shares

काठमाडौं । अप्पर लोहोरे खोलाको आइपिओ लगानीकर्ताको खातामा आइपुगेको छ । साउनको १८ गतेदेखि २२ गतेसम्म आइपिओ खुलाएको कम्पनीले साउन २९ गते आइपिओ बाँडफाँड गरेको थियो । प्राथमिक निष्कासन बाँडफाँड भएको एक महिनाभन्दा लामो समय पछि लगानीकर्ताको खातामा आइपुगेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर जारी गरेको थियो ।

यसमध्ये स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र म्युचुअल फन्डलाई छुट्ट्याएर बाकिँ रहेको १९ लाख ५३ हजार २७९ कित्ता सेयर गोलाप्रथामार्फत सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।

कम्पनीले दैलेखको नौमुलेमा ४ मेगावाटको माथिल्लो लोहोरे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रति मेगावाट साढे २३ करोड भन्दा बढी अनुमानित लागत रहेको उक्त हाइड्रो महङ्गो लागत परेको हाइड्रोमा पर्छ । प्रति सेयर नेटवर्थ ९७.८७ रहेको यस हाइड्रोको नेटवर्थको तीन गुणा अर्थात २९३ रुपैयाँसम्मको मूल्यमा पहिलो कारोबार खुल्नसक्छ ।