गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद फिर्ता पाइने
वि.सं.२०८० असोज २८ आइतवार ०८:४१

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता गर्ने छ ।
योजना अन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउने छन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोजदेखि ७ कार्तिकसम्म रहेको छ ।
साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।
हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
वि.सं.२०८० असोज २८ आइतवार ०८:४१

















