skip this

आजको हरियो तरकारी र फलफूलको मूल्य, रातो आलु ६० रुपैयाँ

858 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजी,र सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।

यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजी मा बजारमा पाइने छ । आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली १००,रातो मूला ६०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३०,तने बोडी १२०, मकै बोडी ७०,मटरकोशा २५०,घिउ सिमी ६०,राजमा सिमी २५०,भटमासकोशा ९०,तितो करेला ६०,लौका ६०,परवल ५०,घिरौँला १००,फर्सी पाकेको ४०,हरियो फर्सी ६०,भिन्डि ७०, बरेला ७०,रायो साग ५०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ३५०,कुरीलो ५०० र काँक्रो ९० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले फलफूलमा फूजी स्याउ ३००,केरा १४०,कागती १६०,अनार ४००, कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ७०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

nijgadh-supermart-adz1200-630