skip this

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य दुई हजार नौं सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदी मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630