skip this

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै मारुती सिमेन्ट्स लिमिटेड

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रिमियम मूल्यमा मारुती सिमेन्ट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न मारुती सिमेन्ट्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीमा हाल कायम ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने र त्यसपछि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

अग्राधिकार सेयर कायम, बोनस सेयर वितरण र हकप्रद निष्कासनपछि कायम हुने अधिकृत, जारी र चुक्तापुँजीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। नयाँ संशोधित नियमावली र प्रबन्धपत्रमा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने अजेन्डा सभाले स्वीकृत गर्नेछ।

nijgadh-supermart-adz1200-630