skip this

सुनको भाउमा गिरावट, चाँदी भने स्थिर

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार एकैचोटी २९ सयले बढेको सुनको भाउ आइतबार भने स्थिर थियो ।

nijgadh-supermart-adz1200-630