skip this

एक वर्षका लागि डिस होम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ।बडादशैंको अवसर पारेर डिस होम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो।

अब डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने अफर मंसिर ३ गतेसम्म कायम हुनेछ।अफरअन्तर्गत नयाँ ग्राहकहरूले ५० एमबिपिएसदेखि तीन सय एमबिपिएससम्मका प्याकेजहरू जडान गर्न सक्नेछन्।

जसमा ग्राहकले ५० एमबिपिएसदेखि २ सय ५० एमबिपिएससम्म फाइभ–जी राउटर पाउनेछन् भने तीन सय एमबिपिएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउने छन्।उक्त अफरको ग्राहकहरूबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेज अफरलाई छठ पर्वको दिनसम्मका लागि थप गरेको जनाएको छ।

nijgadh-supermart-adz1200-630