skip this bagdve 29 th

मङ्सिर १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै घलेम्दी हाइड्रो

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी मङ्सिर १० गतेदेखि घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात् कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो।

यसर्थ कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैङ्क, प्रभु बैङ्क र गरिमा विकास बैङ्कका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

nijgadh-supermart-adz1200-630