skip this

बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने

615 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ।

विभागले आज एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो।

विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी रु १६ र उपत्यका बाहिर रु २० निर्धारण गरेको छ। यस्तै, २० लिटर जारको पानीको काठमाडौँ उपत्यकाका लागि रु ४७ र उपत्यका बाहिरका लागि रु ६० निर्धारण गरिएको जनाएको छ। यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए।

विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचनामार्फत जनाएको छ। विभागले पानी विक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आमसर्वसाधारणमा अनुरोध गरेको छ।

 

nijgadh-supermart-adz1200-630