रहेनन् प्रसिद्ध संगीतकर्मी बप्पी लहरी
वि.सं.२०७८ फागुन ४ बुधवार १०:१६

मुम्बई । चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।
विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को संगीत थालनी गर्ने श्रेय उनलाई जान्छ ।
अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् ।
तर, मंगलबार पुनः स्वास्थ्यमा समस्या आएपछि परिवारले घरमै चिकित्सक बोलाएका थिए । त्यसपछि उनलाई पुनः अस्पताल ल्याइएको थियो । उनीसँग विविध खाले स्वास्थ्य समस्या रहेको जनाइएको छ ।
मध्यरातमा ओएसए (अब्सट्रक्टिक स्लिप एपिना) अर्थात सुताइमा समस्या आएपछि उनको निधन भएको भनिएको छ । बप्पी लहिरी अन्तिमपटक सलमान खानसँग बिग बोस १५ रियालिटी सोको कार्यक्रममा देखिएका थिए ।
वि.सं.२०७८ फागुन ४ बुधवार १०:१६

















