skip this farak Kura Pravakar

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल २०२१

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत  बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी​ थिइन् ।
     राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।
     उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा बिभिन्न उप शिर्षकमा समेत विजेता छानिएको थियो ।
   प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् । 
   कार्यक्रममा डा.केशु खड्का फोर्थ रनरअप,  प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप ,निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।

nijgadh-supermart-adz1200-630