ललितपुर जिल्ला अदालतभित्र दुई पक्षबीच कुटाकुट (भिडियाेसहित)
वि.सं.२०७८ चैत २ बुधवार १४:२६
2.33K
shares

काठमाडाैं । हिजो दिउँसो ललितपुर जिल्ला अदालतभित्र दुई पक्षबीच कुटाकुट भएको छ ।
पहिले आमा छोरीसँग बसेकी थिइन् । अहिले छोरीलाई छाडेर छोराहरुसँग बस्न थालेपछि सम्पत्तिको निहुँमा पछिल्लो झगडा शुरु भएको बताइन्छ । भाइहरुले लिखत बदर मुद्दा गराइपाऊँ भनेर अदालत गुहारे ।
अदालतले हिजो मेलमिलापको निम्ति छलफलमा सबै पक्षलाई बोलाएको थियो । छलफलमा बूढी आमा पनि उपस्थित थिइन् । मेलमिलाप कक्षभित्र छलफल गरेर बाहिर निस्कने क्रममा अदालतको लबीमा दिदी र भाइहरुबीच कुटाकुट भएको हो ।
अदालत स्रोतका अनुसार उक्त सम्पत्तिको खिचलोसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा रहेको सबैभन्दा पुरानो र जटिल हो जसलाई श्रेस्तेदार बिष्णु पाण्डेले सल्टाउँदै थिए ।
वि.सं.२०७८ चैत २ बुधवार १४:२६

















