skip this

चट्याङ लागेर चितवनमा धान रोप्न गएका १४ जना रोपाहार घाइते

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । चट्याङ बुधबार साँझ ६ बजेको समयमा परेको बताइएको छ ।

सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । अरु नौ जना गए राति नै उपचारपछि घर फर्किका छन् ।

nijgadh-supermart-adz1200-630