सुनको भाउ घट्यो, चाँदी स्थिर
वि.सं.२०८० वैशाख ७ बिहीवार ११:३१
921
shares

आज नेपाली बजारमा सुनको भाउ घटेको छ । यसअघि बुधबार ३ सय रुपैयाँले बढेको सुन आज ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी तोलामा १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।
वि.सं.२०८० वैशाख ७ बिहीवार ११:३१

















