skip this farak Kura Pravakar

सांसदको हाजिर संसद बैठक सकिएपछि गर्ने व्यवस्था गर्न माग (भिडियो)

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदमा गणपूरक संख्या नपुग्ने समस्या देखा परेको भन्दै समाधानका लागि सांसदको हाजिरी बैठक सकिएपछि गर्ने व्यवस्था उपयुक्त हुने सुझाए ।

गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन्। त्यसअघि माघ १२ गते पनि गणपुरक संख्या नपुगेका कारण अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको थिए । यही दुइटा उदाहरण प्रस्तुत गर्दै सांसद ढकालले आफूहरुबारे समाजमा नकारात्मक सन्देश गइरहेको बताए ।

‘हाजिर गर्ने १६२ जना हुनुहुन्थ्यो बेलुका (विधेयक अगाडि बढाउने बेला) जम्मा ६२ जना जना । मलाई गज्जब लाग्यो’ उनले भने, ‘ सदनमा यस्तो हाटा (हाजिर गरेर टाप कस्ने) नचलिदिए हुन्थ्यो ।’

लोकतन्त्र र मर्यादाको कुरा गर्ने, थिति बसाल्ने कुरा गर्ने सांसदहरुको यस्तो व्यवहार सच्याउन आवश्यक रहेको भन्दै उनले हामी नै फेरि लोकतन्त्रको कुरा मर्यादाको कुरा गर्छौं । कस्तो सन्देश जान्छ होला । एक पटक हाइन दसुई पटक पुगेका संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

‘बैठक सकिएपछि हाजिर गर्ने व्यवस्था गरियोस् । म घोषणा गर्न चाहन्छु– म अब हाजिर बैठक सकिएपछि मात्रै गर्नेछु ।’

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/532671462394195

 

nijgadh-supermart-adz1200-630