skip this yams_Max_Hospital.jpeg

अन्तर लायन्स फूटसलमा गाेलकाे वर्षा ! लायन्स क्लब अफ सिमरा युथकाे जीतमा दिवाकर एक्लैकाे ५ गाेल

1.2K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ ।

वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो ।

उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

लायन्स क्लब अफ वीरगन्ज मिलेनियमलाई ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको सिमराका लागि वर्ष २०२२।२३ का अध्यक्ष दिवाकर भण्डारी एक्लैले पाँच गोल गरे । यसैगरी उमेश चौलागाईले तीन र रमेश सुवेदीले एक गोल गरेका थिए ।

विजेता तथा उपविजेता टिमलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डिएन अग्रवाल, सेक्रेटरी बासु तिमिल्सीनाले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए ।

अग्रवालले विजेता क्लब सिमरा युथका अध्यक्ष त्रिलोक बिक्रम शाहलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ वीरगन्ज परिवारले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका लायन्स क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगितामा लायन्स क्लब सिमरा युथ, कलैया, वीरगन्ज परिवार, वीरगन्ज मिलेनियम, आदर्शनगरलगायतले सहभागिता जनाएका थिए ।

nijgadh-supermart-adz1200-630